नेपाल बैंकको एक्सटेन्सन काउन्टर नेपाली सेनाको जङ्गी अड्डामा
नेपाल बैंकको एक्सटेन्सन काउन्टर नेपाली सेनाको जङ्गी अड्डामा
वर्तमान घटनाहरू अद्यावधिक गरियो 25 दिनहरु पहिले

नेपाल बैंकको एक्सटेन्सन काउन्टर नेपाली सेनाको जङ्गी अड्डामा

नेपाल बैंक

काठमाडौँ / नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले नेपाली सेनाको जङ्गी अड्डामा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले साउन १ गतेदेखि सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गी अड्डा भद्रकाली काठमाडौँमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । 

आइतबार एक कार्यक्रमको आयोजना गरी नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाली सेनाका विग्रेडियर जनरल विजय थापाले संयुक्त रूपमा उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका थिए । 

सो अवसरमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, सैनिक शाखाका शाखा प्रबन्धक  कृष्णहरि गौतम एवम् नेपाली सेनाका उच्च अधिकृतहरूको समेत सहभागिता रहेको थियो । 

नेपालभर २१९ शाखाहरू, १८२ एटिएमका साथै ४७ ओटा एक्सटेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रूपमा अगाडि बढिरहेको छ । 

बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्तिमार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । 

0
0
0
0
0
0
0
0
0
0 प्रतिक्रियाहरु

Follow Us on Facebook