इसेवा र इन्स्ट्यान्ट क्यासबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, इसेवामा क्यासब्याक
इसेवा र इन्स्ट्यान्ट क्यासबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, इसेवामा क्यासब्याक
अन्तर्राष्ट्रिय अद्यावधिक गरियो 2 बर्ष पहिले

इसेवा र इन्स्ट्यान्ट क्यासबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, इसेवामा क्यासब्याक

इसेवा र इन्स्ट्यान्ट क्यासबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, इसेवामा क्यासब्याक

पछिल्ला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फर र विश्वमा रेमिट्यान्स्को क्षेत्रमा ख्यातीप्राप्त कम्पनी ‘इन्स्ट्यान्ट क्यास’, ग्लोबल मनि ट्रान्स्फरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

यो सँगै युएई कतार,  कुवेत भन्दा बढि मुलुकमा रहेका नेपालीले सहजै रेमिट्यान्स् पठाउन सकिनेछ । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्स्फरका प्रबन्ध निर्देशक अजेश कोइरााला र इन्स्ट्यान्ट क्यासका प्रमुख कार्यकारी अधिकृत सुल्तान अल महमदले हस्ताक्षर गर्नुभयो 

युएई कतार,  कुवेत भन्दा बढि मुलुकमा रहेका नेपालीले नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सकिनेछ । नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपाल भर रहेका ८ हजार भन्दा धेरै एजेन्ट तथा इसेवावालेट एप मर्फत पनि प्राप्त गर्न सकिनेछ । त्यसै गरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । नगदमा पठाइएको रकम इसेवा वालेटमा रिसिभ गर्दा रू ५५ अतिरिक्त क्यासब्याक प्राप्त हुनेछ ।

Image
N
0
0
0
0
0
0
0
0
0
0 प्रतिक्रियाहरु

Follow Us on Facebook