“एटेन्ड” प्रवेश गर्यो राइड सेयरको बजारमा, ट्याक्सीदेखि लिएर एम्बुलेम्स सम्म र मोटरसाइकल देखि लिएर हेलिकप्टर सम्मको सुविधा ।
“एटेन्ड” प्रवेश गर्यो राइड सेयरको बजारमा, ट्याक्सीदेखि लिएर एम्बुलेम्स सम्म र मोटरसाइकल देखि लिएर हेलिकप्टर सम्मको सुविधा ।
अन्तर्राष्ट्रिय अद्यावधिक गरियो 2 बर्ष पहिले

“एटेन्ड” प्रवेश गर्यो राइड सेयरको बजारमा, ट्याक्सीदेखि लिएर एम्बुलेम्स सम्म र मोटरसाइकल देखि लिएर हेलिकप्टर सम्मको सुविधा ।

Samachar

“एटेन्ड” प्रवेश गर्यो राइड सेयरको बजारमा, ट्याक्सीदेखि लिएर एम्बुलेम्स सम्म र मोटरसाइकल देखि लिएर हेलिकप्टर सम्मको सुविधा ।

नेपाली राइड सेयर बजारमा विभिन्न अद्भुत सुविधाका साथ नयाँ छलाङ्ग मार्दै ‘एटेन्ड’ एपले आफ्नो सेवाको सुरुवात गरेको छ । हाल बजारमा उपलब्ध अरु राइड सेयर एपभन्दा धेरै नै उत्साह जनक र आकर्षक सुविधाका साथ आएको यस एपले आफ्नो निजि सवारीसाधन नभएका समस्त यात्रुहरुको समस्याको हल गर्ने विश्वास लिइएको छ ।      

                                                     
साथै कुनै पनि विशेष ठाउँलाई मात्र लक्षित नगरिकन सारा नेपाल अधिराज्य भरि जहाँकहिँ  जान पनि आफ्नो प्रयोजनमा आउन सक्ने भएकाले यस राइड सेयर एप चाडैं नै यात्रु माझ जान पहिचान हुने आँकलन गर्न सकिन्छ ।
एप सार्वजनिक गर्दै यसबारे जानकारी दिने क्रममा एटेन्ड प्रा.लि.का निर्देशक भिमकान्त भण्डारीले भन्नुभयो, यो अहिले नेपालमा चलिरहेको सामान्य राइड सेयरभन्दा भिन्न रहेको छ । मोडल त हाम्रो पनि राइड सेयर नै हो तर हाम्रो सेवा र सुविधा अरूभन्दा भिन्न छ । हामीले मोटरसाइकल, एम्बुलेन्स, शववहान, ट्याक्सी, कार, जिप, मालबहाक ट्रकदेखि हेलिकप्टर सम्मको सेवा दिन्छौं, साथै यसमा हेल्थ सर्भिस अन्तर्गत घरमै औषधि पुर्याउने, डक्टर नर्स पठाउने र विभिन्न ल्याव समन्धी सम्पूर्ण कार्यकालागि ल्याव टेक्निसियन घरमै पठाउने काम पनि गर्ने छौँ ।
यसैगरि कम्पनीले प्याकेज सुविधाको अवधारणालाई समेत अघि सारेको छ, जसमा अग्रिम बुकिङ् सेवाका साथै चालक सहित वा चालकबिनाको गाडी लिन र इन्धन सहित वा आफैंले इन्धन हाल्न पाउने विकल्प समेत राखेको छ । साथै दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै र हाल चलिरहेको बीमा सम्बन्धी विषय सम्बोधन गर्न, यस कम्पनी संग आवद्ध सम्पूर्ण गाडी तथा मोटरसाइकलमा यात्रारत चालक र यात्रुको तेश्रो पक्षीय बीमा गरिदिने समेत कम्पनीले जनाएको छ ।


त्यस्तै सेवाको उपयोग गरे पश्चात यात्रुलाई पैसा तिर्न सजिलो होस् भन्ने उद्देश्यले कम्पनीले नगद बाहेक जुनसुकै बैंकको एटिएमबाट पनि पैसा तिर्न मिल्ने प्रणाली विकास गरेको छ । त्यस्तै राइडरबाट कम्पनीले सेवा उपलब्ध गराए वापत १० प्रतिशत कमिसन लिने, हाल बजारमा चलिरहेको राईड सेयरको तुलनामा यो कमिसन न्यून रहेको छ । एम्बुलेन्स र शववहानबाट भने कुनै कमिसन नलिने कम्पनीले जनाएको छ । 


सुरक्षाको दृष्टिकोणले समेत यो एप विश्वाशिलो रहेको छ र यसमा रहेको इमर्जेन्सी बटन दबाएमा नम्बर सेट गरिएको आफन्तको मोबाइलमा म्यासेज र प्रहरीलाई समेत फोन जाने प्रणालीको सुविधा रहेको छ । सुरुवाती अवस्थामा रहेता पनि  हाल कम्पनीमा करिब ५ सय गाडी आवद्ध भईसकेका छन् भने ट्याक्सी र बाइकलाई क्रमशः आबद्ध गराउँदै कम्पनीको योजना रहेको छ । साथै बाहिर गएर खोजी खोजी बुक गर्न भन्दा आफ्नै मोबाइल एपबाट एक क्लिकको भरमा बुक गर्न मिल्ने यस एप आर्थिक दृष्टिकोणले समेत लाभदायी रहेको कम्पनीले दावी गरेको छ ।


यो एप एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोर र आइफोन प्रयोगकर्ताले आईओएसमा गएर सजिलै आफ्नो मोबाइलमा इन्स्टल गर्न सकिनेछ ।

Image
A
0
0
0
0
0
0
0
0
0
0 प्रतिक्रियाहरु

Follow Us on Facebook