सुमार्गीबारेको समाचारको खण्डन छाप्‍न कान्तिपुरलाई अदालतको आदेश

सुमार्गीबारेको समाचारको खण्डन छाप्‍न कान्तिपुरलाई अदालतको आदेश

Posted  920 Views updated 8 months ago

व्यवसायी अजेयराज सुमार्गीविरुद्ध प्रकाशित समाचार सत्यतामा आधारित नरहेको ठहर्याउँदै काठमाडौं जिल्ला अदालतले कान्तिपुर पब्लिकेसन्सले खण्डन छाप्नुपर्ने ठहर गरेको छ।


आर्थिक सौदाबाजी गरी आफूबाट अनुचित लाभ लिने नियत राखी आधारहीन समाचार छापेको भन्दै सुमार्गीले कान्तिपुर पब्लिकेसन्स, अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया र प्रधानसम्पादक सुधीर शर्मालाई विपक्षी बनाई गाली बेइज्जती मुद्दा दायर गरेका थिए।


सोमबार गरिएको अन्तिम फैसलामा न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले कान्तिपुरले खण्डन छाप्नुपर्ने फैसला गरेको हो।
कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष सिरोहियाले सौदाबाजीको उद्देश्यले भ्रामक सामग्री प्रकाशन–प्रसारण गरेको सुमार्गीको आरोप थियो। कान्तिपुरलाई नजराना चढाएर मात्रै व्यापार गर्न पाइने खराब नजीर बसेको भन्दै सुमार्गीले सिरोहियाले पत्रिकाको दुरुपयोग गरेको बताएका थिए।

‘झुटो सामग्री छापियो‚ खण्डन पठाउँदा छापिएन’


कान्तिपुरले २०७४ पौष ९ गते ‘सुमार्गीको २२ अर्ब अबैध’ शीर्षकको सामग्री छापेको थियो। उक्त सामग्रीमा सुमार्गीको कारोबारबारे प्रहरी प्रधान कार्यालयको अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको र प्रारम्भिक प्रतिवेदन समेत तयार भएको दाबी गरिएको थियो।
तर‚ प्रहरी प्रधान कार्यालयले काठमाडौं जिल्ला अदालतलाई पठाएको पत्रमा ‘केन्द्रीय अनुसन्धान ब्यूरोबाट कुनै अनुसन्धान भएको नदेखिएको’ र ‘ब्यूरोले कुनै प्रारम्भिक अध्ययन प्रतिवेदनसमेत तयार नपारेको’ पुष्टि गरिएको छ।


त्यस्ता भ्रामक सामग्रीबारे खण्डन पठाउँदा समेत स्थान नदिइएको सुमार्गी बताउँछन्। पत्रकारिताको धर्मविपरीत सरोकारवाला पक्षको अभिमत समेत नलिइकन एकोहोरो शैलीमा ‘अनुमान’‚ ‘सम्भावना’ ‘हुनसक्ने’ जस्ता शब्दको सहाराले सौदाबाजीको नियतले पत्रिकाको दुरूपयोग हुन थालेपछि अदालत जानुपरेको सुमार्गी बताउँछन्।


काठमाडौं अदालतको सोमबारको फैसलामा अदालतले कान्तिपुर पब्लिकेसन्सबाट क्षतिपुर्ति भराइपाऊँ भन्ने मागलाई भने दाबी नपुग्ने ठहर्‍याएको छ।

Image

A

Your reaction?

0
LOL
0
LOVED
0
PURE
0
AW
0
FUNNY
0
BAD!
0
EEW
0
OMG!
0
ANGRY
0 Comments

  • सुमार्गीबारेको समाचारको खण्डन छाप्‍न कान्तिपुरलाई अदालतको आदेश
  • Thexpresstimes