सर्वोत्तम बहुउद्देश्यीय सहकारीको छैठौं बार्षिक साधारण सभा

दाङ, पुस २५ । लुम्विनी प्रदेशका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले स्थानीय उत्पादनको बृद्धि गरी त्यसको बजारीकरणका लागि प्रदेशका सवै स्थानीय तहमा कोशेली घर स्थापना गर्ने बताउनुभयो ।

Posted  146 Views updated 8 months ago

दाङ, पुस २५ । लुम्विनी प्रदेशका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले स्थानीय उत्पादनको बृद्धि गरी त्यसको बजारीकरणका लागि प्रदेशका सवै स्थानीय तहमा कोशेली घर स्थापना गर्ने बताउनुभयो ।

दाङको घोराहीमा रहेको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिडेडको छैठौं बार्षिक साधारण सभा तथा तेस्रो अविसेशनको उदघाटन गर्दै उहाँले स्थानीय उत्पादनमा बृद्धि गरी बजारीकरणका लागि लुम्विनी प्रदेशका १ सय ९ वटा पालिकामा कोशेली घर स्थापनका गर्ने गरी काम अघी बढेको बताउनुभयो ।

किसानको उत्पादनले बजार नपाएको तर उपभोक्ताले महंगोमा खरिद गर्नुपर्ने बाध्यता रहेको भन्दै मन्त्री पौडेलले त्यसको अन्त्यका लागि प्रदेशका सवै जिल्लामा सहकारी बजार शुरु गर्ने गरी प्रदेश सरकारले काम अघी बढाएको बताउनुभयो । कोरोना भाइरसका कारण बेरोजगार भएकाहरुलाई लक्षित गरेर लुम्विनी प्रदेशमा कार्यक्रम शुरु भएको बताउनुभयो । सरकारले दिने गरेको अनुदानलाई थप प्रभावकारी बनाउनका लागि उत्पादनमा आधारित अनुदान दिन थालिएको बताउनुभयो । मह उत्पादन गर्ने किसान र खसी पालन गर्ने किसानहरुलाई प्रति किलो २५ रुपैयाका दरले अनुदान दिन थालनी गरिएको बताउनुभयो ।

       सहकारीका माध्यमबाट नेपालमा धेरै काम गर्न सकिने चर्चा गर्दै मन्त्री पौडेलले अहिलेपनि सहकारीहरु आफ्नो उद्देश्य अनुसारको काम नगरेको गुनासो गर्नुभयो । सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले प्रदेश सरकारको पुरक अनुदानमा दाङको घोराहीमा सहकारी बजार सञ्चालनमा ल्याएको छ ।  

       सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ध्रुवराज पौडेलको सभापतित्वमा भएको कार्यक्रममा बिशिष्ट अतिथिहरु घोराही उपमहानगरपालिका वडा नं १४ का अध्यक्ष शक्तिराम डाँगी, बहुउद्देश्यीय सहकारी संघका जिल्ला अध्यक्ष कृष्णप्रसाद गौतम, बचत तथा ऋण सहकारी संघ दाङका सचिव बिमल अधिकारी, सहकारी तथा रोजगार प्रवद्र्धन शाखा घोराही उपमहानगरपालिकाका देवा सुवेदी, राष्ट्रिय सहकारी बैक लिमिटेडका घोराही शाखा प्रमुख डिल्लिराज दाहाल, बैंकका तालिम अधिकृत नारायण बेल्बासे, पत्रकार बसुन्धरा गौतम, सल्लाहकार गिरिराज शर्मा, शेयर सदस्य बुद्धिराज अधिकारी लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष शालिकराम खनालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव गुरुप्रसाद खनालले गर्नु भएको थियो ।

       साधारणसभाले संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले प्रस्तुत गर्नु भएको बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष माधव खनालले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक बालचन्द्र शर्माले प्रस्तुत गर्नुभएको लेखा प्रतिवेदन आम सहमतिबाट पारित भएको छ । सहकारी संस्था बहुउद्धेश्यीय सहकारी संस्था भएको र यसले आफ्नो विनियमको अधिनमा रहि विभिन्न खालका परियोजनाहरु संचालन गर्ने उद्धेश्यअनुरुप संघीय सरकार,प्रदेश सरकार,स्थानीय सरकार लगाएत सम्बन्धित अन्य सरकारी,गैरसरकारी वा वित्तिय संघसंस्थाहरुको समन्वय र सहकार्यमा परियोजनाहरु संचालन गर्ने लगाएतका निर्णयहरु गरेको छ ।

नयाँ कार्यसमिति गठन

साधारण सभाले आगामी चार बर्षका लागि ध्रुवराज पौडेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ संचालक समिति आम सहमतिबाट चयन गरिएको छ । नवगठित संचालक समितिको उपाध्याक्षमा  सालिकराम खनाल, सचिवमा हेमराज शर्मा र कोषाध्यक्षमा गुरु प्रसाद खनाल  रहनु भएको छ । सदस्यहरुमा दिनेश गौतम, रश्मी पाण्डे धिताल, शिबराज खनाल, युबराज थपलीया र युमाया अधिकारी रहनु भएको छ । यसैगरी  साधारणसभाले लेखा सुपरीवेक्षण समितिको संयोजक खिमराज खनाल र सदस्यहरुमा शशिधर पौडेल र सम्झना भुषाललाई निर्वाचित गरेको छ ।

Image

Your reaction?

0
LOL
0
LOVED
0
PURE
0
AW
0
FUNNY
0
BAD!
0
EEW
0
OMG!
0
ANGRY
0 Comments

  • सर्वोत्तम बहुउद्देश्यीय सहकारीको छैठौं बार्षिक साधारण सभा
  • Thexpresstimes