चोभारको होप्पी ल्यान्ड सञ्चालनमा 

एक अर्बभन्दा बढीको लागतमा स्थापना भएको उक्त ठाउँ कोभिड—१९ का कारण सञ्चालनमा आउन सकेको थिएन ।

Posted  427 Views updated 4 months ago

काठमाडौं । चोभारमा रहेको होप्पी ल्यान्ड सञ्चालनमा आएको छ । सानासाना केटाकेटीदेखि लिएर वृृद्धवृद्धाले रुचाएको रमणीय स्थलको रूपमा रहेको होप्पी ल्यान्ड कोरोनाका कारण एक वर्षदेखि बन्द रहेको थियो । 

उक्त स्थान शनिबारदेखि क्षमताको २५ प्रतिशतका हिसाबले सञ्चालनमा आएको जनाइएको छ । 

एक अर्बभन्दा बढीको लागतमा स्थापना भएको उक्त ठाउँ कोभिड—१९ का कारण सञ्चालनमा आउन सकेको थिएन । सरकारले स्वास्थ्य मापदण्ड पालना गराउँदै व्यवसायहरू सञ्चालन गर्न अनुमति दिएपछि होप्पी ल्यान्ड पनि सबै स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरूपमा लागू गर्दै सञ्चालनमा आएको प्रबन्ध निर्देशक सुदन बस्नेतले जानकारी दिएका छन् । उनले भने— ‘हामीले विभिन्न ठाउँमा सेनिटाइजरको व्यवस्था गर्नुका साथै हातधुने र तापक्रम नाप्नेलगायतका सबै मापदण्ड पूरा गरेर यो पार्क सञ्चालनमा ल्याएका हौं ।’ 

पार्कमा स्वदेशी तथा विदेशी व्यक्तिहरूले रमणीय दृश्यावलोकन गर्न पाउनुका साथै खेल्ने व्यवस्था पनि गरिएको छ । 
 


Your reaction?

0
LOL
0
LOVED
0
PURE
0
AW
0
FUNNY
0
BAD!
0
EEW
0
OMG!
0
ANGRY
0 Comments

  • चोभारको होप्पी ल्यान्ड सञ्चालनमा 
  • Thexpresstimes