फाल्गुन १३, २०८०

लामिछानेविरुद्धको मुद्दा आज पनि‘हेर्दाहेर्दै’ मा

एक्सप्रेस टाइम्स
पुस १२, २०८० | ६:४२ बजे

राष्ट्रिय समाचार समिति (रासस)

काठमाडौँ, १२ पुस : जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा शुक्रबारका लागि राखिएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा शुक्रबार सुनुवाइ हुने भएको हो ।

यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेशसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्