फाल्गुन १३, २०८०

कोशीले सुदूपश्चिमलाई हरायो

एक्सप्रेस टाइम्स
पुस १२, २०८० | २:१० बजे
काठमाडौँ, १२ पुस : प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कोसी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गरेको छ ।
सुदुरपश्चिमले दिएको एक सय १९ रनको लक्ष्यलाई कोसी प्रदेशले १७ दशमलव ४ ओभरमा दुई विकेट गुमाउदै पूरा गरयो । कोसीको जितमा काजल श्रेष्ठ र कप्तान रुबीना क्षेत्रीले उत्कृष्ट ब्याटिङ गरे ।
काजलले ४८ बलमा आठ चौकाको मद्धतमा ५४ रन बनाइन भने रुबिनाले ५५ बल खेल्दै आठ चौकाको मद्धतमा ५१ रनको योगदान गरिन । बिमला मलाहले ४ रन जोडिन । सुदुरपश्चिमकी अनु कठायतले दुई विकेट लिइन । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै एक सय १८ रनको योगफल बनाएको थियो ।

सुदुरपश्चिमको लागि बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन । त्यसैगरी सम्झना खड्काले २७ रन जोडिन भने कविता जोशीले २६ रन बनाइन । रेवती धामीले २० तथा रुबी पोडारले २ रन बनाइन । बलिङतर्फ कोसी प्रदेशकी सबनम राई र अपसरी बेगमले समान एक एक विकेट लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्