फाल्गुन १३, २०८०

लिम्चुङबुङ गाउँपालिका एउटै पुस्तामा गाउँ समृद्ध बनाउने अभियान घोषणा

एक्सप्रेस टाइम्स
मंसिर २६, २०८० | ८:२० बजे

उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका एउटै पुस्तामा गाउँ समृद्ध बनाउने महाअभियान घोषणा गरेको छ । गाँउपालिकाले एक कार्यक्रम बिच एउटै पुस्तामा गाँउलाइ समृद्ध बनाउने अभियान घोषणा गरेको हो । कार्यक्रमको घोषणा गर्दै गाँउपालिका अध्यक्ष मेजर राईले भने गाँउपालीकाको समृद्धीको आधार पर्यटन रहेको बताए ।

यसलाई अझ ब्यापक प्रचार प्रसारका साथै पुर्वाधारको विकासको लागि समेत गाँउपालीका लागि परेको बताए । कला सस्कृती तथा सुन्ददृश्यको भरीपुर्ण भएर पनी जती पर्यटकको आगमन हुनु पर्ने हो त्यती हुन सकेको छैन यसलाई मध्य नजर गर्र्दै हामी यस अभियानलाई निरन्तर लागिरहने बताए । कार्यक्रममा गाँउपालीका पर्यटन सल्लाहकार रामसुन्दर बकेले भने मैले देश भर घुम्दा र यहाँको सुर्य उदाएको दृश्य र आँखै अगाडी विश्वको सर्वोच्च शिखर सगरमा नियाल्दा मोहीत भएको बताए ।

हामीले यही कुरालाई उजागर गर्दै पर्यटकलाई चाहिने सामान्य पुर्वाधारको विकास गर्न सक्यौ भने लिम्चुङबुङ गाउँपालिकाले आर्थिक रुपमा समृद्ध हुन सक्ने बताए । उनले भने मैले मेरो क्षेत्रबाट लिम्चुङबुङ गाउँपालिकालाई समृद्ध बनाउने प्रयास निरन्तर गरिरहने समेत प्रतिवद्धता जनाए ।

कार्यक्रममा स्थानिय कला सस्कृती झल्नके झाँकीहरुको समेत प्रस्तुत गरिएको थियो । लिम्चुङबुङ गाउँपालिका एउटै पुस्तामा गाउँ समृद्ध बनाउने महाअभियामा पक्की सडक निर्माण ,कृषिमा आधुनिकिकरण ,शिक्षा र स्वास्थ्य क्षेत्रको स्तरउन्नति र पर्यटनको विकासलाई प्रमुख एजेण्डा बनाएको छ ।
गाउँपालिकामा हाल बस्बोटे, ताम्लिछा, बाराहा, बलाम्ता र जाँते गरि जम्मा ५ बटा वडाहरु रहेको छ । यस गाउँपालिकाको केन्द्र बाराहामा अबस्थित रहेको छ । यस गाउँपालिकाको कुल क्षेत्रफल १०६ दशमलव ८ वर्ग किलोमिटर रहेको छ भने कुल जनसंख्या ११ हजार ९ सय ९२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्