घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख तीन हजार छ सय तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख तीन हजार तीन सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार दुई सय ९० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
कार्तिक १, २०८० | ३:५७ बजे
इसेवा मनी ट्रान्सफरको ब्राण्ड एम्बेसेडरका रुपमा दयाहाङ्ग राई
माघ १६, २०७९ | १२:२८ बजे
प्रभु बैंकको सीईओमा शेरचन
माघ १३, २०७९ | २:४५ बजे
माघ २४ देखि २९ सम्म क्यान इन्फोटेक २०२३
माघ १३, २०७९ | २:४१ बजे
काठमाडौँको तारकेश्वरमा उच्च क्षमताको सवस्टेशन बनाउँदै प्राधिकरण
माघ ११, २०७९ | १:५७ बजे
इसेवा १५ औँ वर्षमा प्रवेश
माघ ११, २०७९ | १:५१ बजे