मंसिर २०, २०८०

नागरिकता प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय जाँदै रवि लामिछाने

एक्सप्रेस टाइम्स
माघ १५, २०७९ | ११:५४ बजे

निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र पुनःप्राप्तिका लागि आज जिल्ला प्रशासन कार्यालय जाने भएका छन्। 

उनी आइतबार विहान कार्यालय खुलेसँगै बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन कार्यालय जाने उनका सहयोगीले बताएका छन्। 

सर्वोच्च अदालतले गत शुक्रबार अमेरिकी नागरिकता त्यागपछि प्रक्रिया नपुर्याएकाले लामिछानेको नेपाली नागरिकता कायम नरहेको फैसला गरेको थियो।

योसँगै, उनको सांसद पद खारेज भएको थियो। सांसद पदसँगै उनले उपप्रधान तथा गृहमन्त्री र पार्टी सभापतिको पद गुमाएका थिए। 

प्रतिक्रिया दिनुहोस्