किड्जीको आई केयर सम्पन्न

एशियामा व्यापक रूपमा रहेको प्रि–स्कूल चेन किड्जीले हिजो काठमाडौंमा बाल सुरक्षासम्बन्धी सेमिनार ‘आई केयर’ आयोजना गरेको छ।
ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा काठमाडौँ उपत्यकाका प्रसिद्ध विद्यालय र प्रि-स्कूलका प्रिन्सिपलहरूलाई आमन्त्रित गरिएको थियो।
कार्यक्रमका मुख्य वक्ता किड्जीकी शिक्षाविद् किङ्स्टन डिसुजाले विद्यार्थीलाई सिकाउँदा उनीहरूको सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण हुनुपर्ने बताइन्।

किड्जीले बाल दुर्व्यवहारका विभिन्न प्रकार, लक्षण र विनाशकारी प्रभावबारे दर्शकलाई सचेत र शिक्षित बनाउने अपेक्षा गरी बाल दुर्व्यवहार रोकथामका लागि ‘आई केयर’ शुरुवात गरेको हो।
बाल दुर्व्यवहारका मुख्य चार प्रकारहरू शारीरिक दुर्व्यवहार, भावनात्मक दुर्व्यवहार, उपेक्षा र यौन दुर्व्यवहार हुन्।
किड्जीले २ हजारभन्दा बढी केन्द्रको सञ्जालका साथमा १४ लाख विद्यार्थीलाई पालन–पोषण गरेको छ र १ लाखभन्दा बढी शिक्षकलाई तालिम दिएको छ।
नेपालका ५ प्रमुख शहरका १३ स्थानमा किड्जीको उपस्थिति बढ्दो छ। २० वर्षभन्दा बढीको विरासत रहेको प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षामा अग्रगामी किड्जी ‘बाल्यकालको लागि के सही छ भन्ने सिद्धान्त’द्वारा निर्देशित रहेको बच्चाले सिक्ने र बढ्ने सुरक्षित ठाउँ हो।


