सुन प्रतितोला रु एक लाख पाँच सय पुग्यो

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख पाँच सय तोकिएको छ ।
शुक्रबार दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार भएको यो सुनको मूल्य आज प्रतितोला रु छ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख छ । यसको मूल्य अघिल्लो दिन रू ९९ हजार चार सय थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले वृद्धि भई प्रतितोला रु एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९३ दशमलव १३ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
कार्तिक १, २०८० | ३:५७ बजे
घट्यो सुनको मूल्य
फाल्गुन ३, २०७९ | ११:३६ बजे
इसेवा मनी ट्रान्सफरको ब्राण्ड एम्बेसेडरका रुपमा दयाहाङ्ग राई
माघ १६, २०७९ | १२:२८ बजे
प्रभु बैंकको सीईओमा शेरचन
माघ १३, २०७९ | २:४५ बजे
माघ २४ देखि २९ सम्म क्यान इन्फोटेक २०२३
माघ १३, २०७९ | २:४१ बजे
काठमाडौँको तारकेश्वरमा उच्च क्षमताको सवस्टेशन बनाउँदै प्राधिकरण
माघ ११, २०७९ | १:५७ बजे