गुल्मी २ मा एमालेका विष्ट विजयी

गुल्मीको क्षेत्र नं २ मा नेकपा एमालेका गोकर्णराज विष्ट विजयी हुनु भएको छ । नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई दुई हजार ४४ मतले पछि पार्दै विष्ट विजयी हुनुभएको हो । यो जीतसँगै यस क्षेत्रमा विष्टले ‘ह्याट्रिक’ गर्नु भएको छ । यस क्षेत्रमा कूल ५८ हजार सात सय ५९ मत खसेको थियो । विजयी हुनुभएका विष्टले २८ हजार चार सय ८५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिनुभयो ।
उहाँको प्रतिस्पर्धी झाँक्रीले २६ हजार चार सय ४१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो । उहाँले २०७०, २०७४ र अहिले गरी लगातार तीन पटक चुनाव जित्नुभएको छ । विष्टले यस क्षेत्रबाट २०५६ मा पनि चुनाव जित्नुभएको थियो । २०६४ मा मात्र विष्ट माओवादीका चन्द्रबहादुर थापासँग पराजय हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्

माघ २४ देखि २९ सम्म क्यान इन्फोटेक २०२३
माघ १३, २०७९ | २:४१ बजे
काठमाडौँको तारकेश्वरमा उच्च क्षमताको सवस्टेशन बनाउँदै प्राधिकरण
माघ ११, २०७९ | १:५७ बजे
भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित
माघ ११, २०७९ | १:४६ बजे
आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्य बनाउन सकिन्छ: डा रुइत
माघ ८, २०७९ | ९:५१ बजे
किड्जीको आई केयर सम्पन्न
माघ ८, २०७९ | ९:४० बजे
चालु खर्च घटाउने अर्थमन्त्रालयको योजना
माघ ५, २०७९ | ४:५१ बजे