मंसिर २०, २०८०

भक्तपुरमा चुनावी सरगर्मी बढ्यो

एक्सप्रेस टाइम्स
कार्तिक १७, २०७९ | १२:५७ बजे

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । नेपाली कांग्रेस सहितको सत्ता गठबन्धन दल, नेकपा (एमाले), नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका उम्मेदवार निर्वाचनलाई आफ्नो पक्षमा पार्न मतदातका घरघरमा पुगिरहेका छन् ।

प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रेम सुवाल ,सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुनिल गोठे र एमालेका नवराज गेलाल उम्मेदवार हुनुुहुन्छ । क्षेत्र नं २ मा कांग्रेसका दुलर्भ थापा र एमालेका महेश बस्नेतले पनि घरदैलो अभियानलाई तीव्रता दिनुभएको छ । दलले घरदैलो अभियान सुरु गरेसँगै जिल्लाका दुवै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढेको छ ।

प्रतिक्रिया दिनुहोस्