विदेशी संस्कृतिले नेपाली बाजा मादल संकटमा

सरकारले नेपाली मौलिक बाजाहरुको संरक्षण गर्न नसक्दा व्यवसाय नै संकटमा परेको व्यवसायीहरुले गुनासो गरेका छन् । विगतको तिहारहरुमा बजारमा मादलको माग आत्याधिक हुने गरेपनि पछिल्लो समय मादल व्यवसाय नै धरापमा परेको उनीहरुले गुनसो गरेका हुन् । विगतमा तिहारलाई लक्षित गरी मादल उत्पादन गर्न भ्याइनभ्याइ हुने गरेपनि यो वर्ष भने बजारबाट माग नै नआएको गुनसो गरे ।
विदेशी कला, संस्कृति र बाजाहरुलाई प्रोत्साहन गर्ने तर नेपाली मौलिक संस्कृति र बाजाहरुको उचित संरक्षण नहुँदा संस्कृति नै लोप हुँदै जान थालेको मादल व्यवसायी रिमबहादुर कुरुले बताउनु भयो । उहाँले विगतमा मादलको माग उच्चतम हुने गरेको तर पछिल्लो समय भने माग आउन छाडेको बताउनु भयो । उहाँले मादल विभिन्न जातजातिका कला, संस्कृति अनुसार नेपालीहरुले मात्रै प्रयोग गर्ने गरेको बताउनु भयो । कुरुले नेपाली मादललाई अन्तराष्ट्रिय बजारमा पुर्याउनसके मादल व्यवसायकोसमेत संरक्षण हुनसक्ने बताउनु भयो । उहाँले मादल व्यवसायको संरक्षण गर्न सरकारले विद्यालय तहमा नेपाली मौलिक बाजाको विषयमा पाठ्यक्रम नै सामवेश गर्न माग गर्नुभयो । उहाँले सरकारले व्यवसाय सञ्चालनको लागि बैंकको ऋणमा सहुलियत व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाली बजारमा मादलको मूल्य १५ सयदेखि ६ हजारसम्म पर्ने गरेको बताउनु भयो । कुरुकाअनुसार मादल बनाउने सम्पूर्ण कच्चा पदार्थ नेपाली नै प्रयोग हुने गरेको पनि बताउनु भयो ।
