जेष्ठ ११, २०८१

बझाङमा एक पुरुष मृत फेला

एक्सप्रेस टाइम्स
अशोज २९, २०७९ | ७:२८ बजे

बझाङमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको दुर्गाथली गाउँपालिका–३ को गौरेनी खोलामा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो ।

पहिचान नखुलेका उनको शनिबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । गौरेनी खोलामा बिहान ११ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्