एमाले केन्द्रीय सदस्य न्यौपानेले दिए राजीनामा

काठमाडौं, २९ असोज नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)सँग भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै न्यौपानेले राजीनामा दिएका हुन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले जसपासँग गरेको सहमति जनताको माग विपरीत भएको उनको दाबी छ । तत्कालिन चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष रहेका न्यौपानेले २०७४ सालमा पार्टीलाई एमालेमा विलय गरेका थिए ।
एमालेले जसपासँग तराई मधेसका १४ जिल्लामा चुनावी तालमेलको सहमति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
कार्तिक १, २०८० | ३:५७ बजे
जलवायु परिवर्तनबाट हुने क्षति न्यूनिकरण गरिदिन मुस्ताङवासीको माग
कार्तिक १, २०८० | २:०२ बजे
शहीदको सम्मानमा देश विकासको संकल्प गरौँ : प्रधानमन्त्री
माघ १६, २०७९ | १०:३३ बजे
नागरिकता प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय जाँदै रवि लामिछाने
माघ १५, २०७९ | ११:५४ बजे
उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो
माघ १३, २०७९ | २:३८ बजे
सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने एमालेको नीति हो : अध्यक्ष ओली
माघ ११, २०७९ | २:३१ बजे