श्रीलंकाको अन्तरिम बजेट पारित

कोलम्बो । श्रीलङ्काको संसद्ले शुक्रबार अन्तरिम बजेट पारित गरेको छ ।
बजेटको पक्षमा १२० मत र विपक्षमा पाँच मत परेका छन् । बजेट छलफलको क्रममा ४३ सदस्यले अनुपस्थित रहेका थिए ।
मतदानमा अनुपस्थित हुने सांसदहरूमा प्रमुख विपक्षी दल सामगी जना बलवेगया र सत्तारुढ दल श्रीलङ्का पोदुजाना पेरामुना (एसएलपीपी) बाट अलग्गिएका सांसदहरूको एक समूह रहेको छ ।
राष्ट्रपति रनिल विक्रमासिङ्घेले अगष्ट ३० मा संसदमा अन्तरिम बजेट प्रस्तुत गरेका थिए ।
जुलाईमा विक्रमासिङ्घेले अर्थव्यवस्थालाई स्थिर बनाउने र सामाजिक सुरक्षाको दायरा बढाउने नीतिहरू कार्यान्वयन गर्नका लागि अगस्टमा अन्तरिम बजेट प्रस्तुत गरिने प्रतिवद्धता राष्ट्रपति निर्वाचित भए लगत्तै गर्नुभएको थियो । रासस÷सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्

आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्य बनाउन सकिन्छ: डा रुइत
माघ ८, २०७९ | ९:५१ बजे
डा. रुइतलाई १० लाख डलरको इसा अवार्ड
माघ ३, २०७९ | ८:२४ बजे
भण्डारीद्वारा अमेरिकी संसद्मा शपथ ग्रहण
पुस २८, २०७९ | २:५३ बजे
मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारको गति बढ्छ: उपप्रधानमन्त्री पौडेल
पुस २२, २०७९ | १:५६ बजे
नेपाल १६ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव फागुनमा हुँदै
पुस २१, २०७९ | ४:२९ बजे
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित
पुस १९, २०७९ | १२:१२ बजे