जेष्ठ ११, २०८१

साओमी १२ लाइट नेपाली बजारमा

rowkaha
भदौ २०, २०७९ | २:२० बजे

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर साओमीले अल्ट्रा स्लिम साओमी १२ लाइट नेपाली बजारमा ल्याएको छ 

लन्चमा बोल्दै साओमीका कन्ट्री जनरल म्यानेजर अमित पण्डाले भने, ‘साओमीले नवीनतम प्रविधिमा अपडेट भईरहन रुचाउने ग्राहक वर्गलाई ध्यानमा राख्दै सुप्रिम पर्फर्मेन्स क्षमता भएका र आकर्षक डिजाइनका टप नच फोन सेटहरु समय–समयमा विकास गरिरहन्छ । यसै क्रममा हामीले हाम्रो मोस्ट अवेटेड र फ्यासनेब्ली अपिलिङ स्मार्ट फोन साओमी १२ लाइट ल्याएका छौँ । यो फोनबाट उपभोक्ताहरुले फ्ल्यागशिप पर्फर्मेन्सको अभुतपुर्व अनुभव लिनुहुनेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ ।’

उनले थप भने, ‘यसमा फ्ल्यागशिप डिजाइन त छ नै, साथै १०८ एमपीको मेन क्यामरा, ८ एमपीको अल्ट्रा वाइड एङल क्यामरा र २ एमपीको म्याक्रो क्यामरा भएकोले उपभोक्ताहरुले लक्जरियस एक्स्पिरियन्स लिन सक्ने छन् । 

७.२९ एमएमको मोटाइ र जम्मा १७३ ग्रामको फेदरवेट र अल्ट्रा स्लिम साओमी १२ लाइट हरियो, गुलाफी र कालो रंगहरुमा उपलब्ध छ । प्रिमियम एस्थेटिकको लागि यसको पछाडि पट्टीको भागमा युनिफाईड म्याट कलर ग्रेडिएन्त फिनिश दिइएको छ । तीनवटा क्यामराको वरिपरि भएको  मेटल रिङ्गहरुले यो स्लिक र युनिक सेटलाई अझ लक्जरियस टच प्रदान गर्छन् ।

यसमा भएको तीन–तीन वटा शक्तिशाली लेन्सहरुले जुनसुकै कोणबाट हाइ डेफिनिसन तस्बिर लिन सकिन्छ । त्यस्तै यसमा भएको मोसन क्याप्चर इनेबल गरेर आइ ट्र्याकिङ फोकसमा स्टाइलिश कभर शटहरु लिन सकिन्छ । 

त्यस्तै अगाडि भएको ३२ एमपीको क्यामरामा जडित जीडी२ सेन्सर र अटो फोकसले स्पष्ट र उच्च गुणस्तरीय सेल्फी खिच्न सकिन्छ । साथै दुईवटा सफ्ट एलईडी सेल्फी ग्लोले प्रयोगकर्ताको प्राकृतिक सुन्दरतालाई राम्रोसँग कैद गर्छ । १९ वटा टेम्पलेट सहितको भ्लग मोडबाट विभिन्न किसिमका भ्लगहरु तुरुन्तै बनाउन मिल्नुका साथै यसमा वान क्लिक एआई र अन्य थुप्रै सिनेम्याटिक फिल्टरहरु पनि उपलब्ध छन् ।

साओमी १२ लाइटको चिपसेटले  फ्ल्यागशिप लेभलको फाइभजी पर्फर्मेन्स प्रदान गर्नुको साथै यसको मल्टी टायर कुलिङ सिस्टमले फोनलाई तातो हुनबाट बचाउँछ । त्यस्तै ४३०० एमएएचको ब्याट्रि भएको हुँदा दिनभरी चलाउँदा पनि ब्याट्रिको समस्या हुँदैन ।  त्यस्तै ६७ वाटको टर्बो चार्जिङले १३ मिनेटमै ५० प्रतिशतसम्म ब्याट्रि चार्ज गर्न सक्छ । 

त्यस्तै साओमीको अडाप्टिभ चार्ज एल्गोरिदमले प्रयोगकर्ताको नाइट टाइम चार्जिङ रुटिन अध्ययन गरेर चार्जिङ स्ट्राटेजी पनि अप्टिमाइज गर्छ ।

फर्स्ट क्लास इमर्सिभ भ्युइङ एक्स्पिरियन्सको लागि यसमा ६.५५ इन्चको एमोलेड डिस्प्ले राखिएको छ  । साथै यसमा भएको ट्रुकलर डिस्प्ले, १२० हर्जको स्क्रिन रिफ्रेश रेट, २४० हर्जको टच स्याम्प्लिङ रेटले प्रयोगकर्तालाई अत्यन्तै स्मुथ अनुभव प्रदान गर्छन् । त्यस्तै आँखामा पर्ने प्रेसर कम गर्न यसमा सन लाइट मोड ३.०, रिडिंग मोड ३.०र ट्रु डिस्प्ले राखिएको छ । साथै डुअल स्टेरियो स्पिकर र डल्बि एट्मस स्पासियल अडियो टेक्नोलोजीले प्रयोगकर्तालाई इमर्सिभ साउन्ड एक्स्पिरियन्स प्रदान गर्छन् । 

६+१२८ जिबी र ८+१२८ जिबीस्टोरेज सहित आउने साओमी १२ लाइट हरियो , गुलाफी र कालो रंगहरुमा उपलब्ध छ । यसको मुल्य ६+१२८ जिबी –५०९९९ र ८+१२८ जिबी–५३९९९ रहेको छ । यो सेट नेपालभरिको सम्पूर्ण आधिकरिक स्टोरहरुमा हहबाट उपलब्ध हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस्